बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको उडान सुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको उडान सुरु

कुवेतको एयरलाइन्स जजिरा एयरवेजले भैरहवास्थित नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको छ। यसबाट मध्य–पूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन्।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं- कुवेतको एयरलाइन्स जजिरा एयरवेजले भैरहवास्थित नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको छ। यसबाट मध्य–पूर्व र युरोप बसोबास गर्ने ठूलो समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष रुपमा जोडिन सक्नेछन्।

National life

यो नेपालमा जजिराको दोश्रो उडान सेवा हो। जसले नेपालको तराई क्षेत्रमा बढ्दै गइरहेको यात्रुहरुको आवश्यकतालाई सम्बोधन गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गत जेष्ठ १ गतेबाट उडान सेवा सुरु भएको थियो।

नयाँ हवाइ रुटको बारेमा जजिरा एयरवेजका भाइस प्रेसिडेन्ट रविन्द्रन भाराथन भने, 'जजिरा एयरवेजले निरन्तर आफ्नो सञ्जाल विस्तार गर्दै नयाँ–नयाँ गन्तव्यहरु थप्दै गइरहेको छ। यसले गर्दा कुवेत र मध्य–पुर्वको डाइरेक्ट रुट (प्रत्यक्ष धावन मार्ग) ले सेवा दिन नसकेका यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ। अब नेपाली एवम् विदेशी पर्यटकहरुलाई पनि विदेशबाट सिधै तराई जान धेरै सजिलो भएको छ। यो हवाइ सेवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रत्यक्ष उडान सेवा प्रदान गर्नेछ।'

आरआर ग्रुप अफ कम्पनिजको भगीनी संस्था सोसाइटी इन्टरनेश्‍नल ट्राभल सर्भिसेजका चेयरम्यान रवीचन्द्र सिंहले भने, '७४ वर्षसम्म काठमाडौँमा मात्र भर परेको अन्र्तराष्ट्रिय उडान अब यो हवाइ सेवाको विस्तारसँगै नेपालको पश्चिम भागमा ठुलो परिवर्तन ल्याउनेछ, साथै यसले भैरहवाको आन्तरिक पर्यटनमा पनि टेवा पुर्‍याउनेछ। जसले समग्र नेपालकै आर्थिक बिकासमा सरोकार राख्छ। यो हामी सम्पूर्ण नेपालीको लागि ऐतिहासिक र गौरवपूर्ण क्षण हो।'

प्रकाशित: May 18, 2022| 19:41 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्