बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सत्ता पक्षकै सांसदले भने– सरकार र अर्थ मन्त्रालय बिचौलियाको कब्जामा छन्

सत्ता पक्षकै सांसदले भने– सरकार र अर्थ मन्त्रालय बिचौलियाको कब्जामा छन्

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सरकार र अर्थ मन्त्रालय बिचौलियाको कब्जामा रहेको आरोप लगाएका छन्।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सरकार र अर्थ मन्त्रालय बिचौलियाको कब्जामा रहेको आरोप लगाएका छन्।

National life

बुधबार संसद् बैठकमा उनले भने, ‘बिलौचियातन्त्रले सरकार बनाएसम्म मुलुकका बजेटको कुनै पनि महत्व छैन। किनकी अर्थ मन्त्रालय बिचौलियाको गिरफ्तारमा छ।’

प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतका उच्चपदस्थ व्यक्तिहरुको आवासमा सिसिटीभीको व्यवस्था गरेर टुँडीखेलमा भिडियो हेर्न पाउने व्यवस्था गर्नुपर्ने उनले बताए। सांसदलाई समय नदिने देशका प्रमुखहरुले ककसलाई भेट्छन् भन्ने कुरा जनताले हेर्न पाउनुपर्ने उनले माग गरे। बिचौलियाले भने दिनमा ३ पटक भेट पाउने गरेको उनको आरोप छ। विगतमा एउटा राजाको छोरा राजा हुने भए पनि गणतन्त्र आएपछि सबै नेताका छाराछोरी राजा भएको सिंहले आरोप लगाए।

 बजेटको प्राथमिकता तथा सिद्धान्तमाथि छलफल गर्नु बेकार भएको उनको तर्क छ। ‘यो कर्मकाण्ड मात्रै हो। सांसदले बोलेर कमा, फुलस्टप समेत परिवर्तन हुँदैन,’ उनले दाबी गरे, ‘माननीय सदस्यहरुलाई म के आग्रह गर्न चाहन्छु भने हामीले बोल्नु कर्मकाण्ड मात्रै हो। हामीले हाम्रो भनाइ रेकर्डमा मात्रै दर्ज गर्छौ। जसरी कसैको आफन्त बित्दा पुरोहितले गर्ने कर्मकाण्डमा अर्पण गरिने पिण्ड प्रेतात्मालाई पुग्दैन, त्यस्तै सांसदले बोले पनि सरकारलाई केहि पनि पुग्दैन।’

जनतासामु गएर अभिमत ल्याएर आउने सांसदलाई सरकारले उपेक्षा गरेको र पहुँचका आधारमा बजेट दिने गरेको उनले बताए। ‘सरकारमा पहुँचका आधारमा कहिँ ३० अर्ब , कहिँ २० अर्ब र कहिँ ५ अर्ब बजेट राखिन्छ। विचरा निमुखा सांसदहरुको क्षेत्रमा भने भाग्यले २–४ लाख रुपैयाँ कनिका छरेको हुन्छ,’ उनले भने।

Shivam cement

प्रकाशित: May 18, 2022| 18:07 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्