आइतबार, वैशाख २८, २०८२

सलमान खानसँग पूजा हेग्डे नेपाल आउँदै, ज्याकलिनलाई मिलेन अनुमति

बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने पक्का भएपछि हेग्डे नेपाल आउन लागेकी हुन्।
 |  बुधबार, जेठ ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

vianetvianet

काठमाडौं- जेठ १४ गते दशरथ रंगशालामा हुने कन्सर्टमा सलमान खानसँगै पूजा हेग्डे नेपाल आउने भएकी छिन। बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने पक्का भएपछि पूजा नेपाल आउन लागेकी हुन्। विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर निवेदनलाई ज्याकलिनले बुधबार फिर्ता लिएकी छन्।

triton college

सम्पत्ति शुद्धीकरणसम्बन्धी विचाराधीन मुद्दाको छानबिन निरन्तर हुने भएपछि ज्याकलिनका वकिलले विदेशयात्राको अनुमतिसम्बन्धी निवेदन फिर्ता लिएपछि ज्याकलिन नेपाल आउने विषय थातीमा बसेको हो। मुद्दाको छिनोफानो नभएसम्म उनी विदेशयात्रामा निस्कन पाउने छैनन्।

सुकेश चन्द्रशेखरसँगको करिब ७०० करोड भारुको गैरकानूनी मुद्रा ओसारपोसारको मुद्दामा ज्याकलिन मुछिएकी छिन्। उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ। 

सलमानको 'द ब्याङ रिलोडेड टूर'मा ज्याकलिन सदस्यसमेत छिन्। नेपालको कार्यक्र र अबुधावीमा हुने आइफा अवार्ड (जुन अहिले स्थगित भैसकेको छ)सहित फ्रान्सको कार्यक्रममा जान ज्याकलिनले अनुमति माग्दै अदालतमा निवेदन दिएकी थिइन्।

ज्याकलिन नेपाल नआउनेपछि आयोजकले उनको ठाउँमा अर्की बलिउड अभिनेत्री पूजा हेग्डेलाई ल्याउने भएको हो।

National life insurance

सलमानको कन्सर्टका लागि आवश्यक उपकरण बोकेको ३२ वटा ट्रक आज भारतबाट नेपालको लागि हिँडेको समेत जनाइएको छ।

प्रकाशित: May 18, 2022| 16:09 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।