बुधबार, असार १०, २०८३

ग्राहक संख्यामा इसेवाको चमत्कारिक फड्को

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ ।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९
National life
Shivam cement

काठमाडौं– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ ।

योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हासिल गर्ने पहिलो कम्पनी भएको उसले दाबी गरेको छ । नेपालमा इसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको छ । 

स्थापना भएको १३ वर्षमा इसेवाको मोबाईल एप्स एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स मार्फत सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ । 


प्रकाशित: May 18, 2022| 15:20 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्