आइतबार, मंसिर ७, २०८२

टी-२० लिगको पहिलो संस्करण सेप्टेम्बरमा हुने

प्रतीक्षाको लामो सामयपछि नेपाल टी-२० लिग आयोजना हुने भएको छ।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं- प्रतीक्षाको लामो सामयपछि नेपाल टी-२० लिग आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को मुख्य प्रतियोगिता स्वरूप नेपाल टी २० क्रिकेट फ्रेन्चाइज लिग आयोजना गर्ने क्यानले जानकारी दिएको हो।

National life

बुधबार क्यानले एक पत्रकार सम्मेलन गर्दै टी २० लिग आउँदो सेप्टेम्बर २५ बाट सुरु गर्ने जानकारी गरेको हो।

यो प्रतियोगिताको फाइनल खेल आगामी अक्टोबर २२ मा हुनेछ। प्रतियोगिता २८ दिनको हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जनाएका छन्।

होम एन्ड अबे नै कीर्तिपुर को त्रिभुवन विश्वविद्यालय को मैदानमा हुने चन्दले बताएका छन्। प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने आयोजकले बताएको छ।

यसअघि क्यानले नेपाल प्रिमियर लिग गराउनेबारे प्रयास गरेको थियो। तर नेपाल प्रिमियर लिगको अधिकार नेपाल क्रिकेट संघबाटै एक व्यक्तिको नाममा दर्ता भएको छ। यसकारण क्यानले नेपाल प्रिमियर लिग लिन नपाएको हो।

Laxmi sunrise bank
kumari

त्यसपछि नेपाल टी–२० लिग नाममा क्यानले फ्रेन्चाइज प्रतियोगिता सुरु गर्न लागेको हो। यो प्रतियोगिताको राइट भने क्यानले साभेन थ्री स्पोट्सले किनेको छ।

प्रकाशित: May 18, 2022| 14:48 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।