बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • संसद्‍मा अर्थमन्त्रीलाई प्रश्न– बजेटको प्राथमिकता मार्क्सवादको सिद्धान्त कि फुकुयामा?

संसद्‍मा अर्थमन्त्रीलाई प्रश्न– बजेटको प्राथमिकता मार्क्सवादको सिद्धान्त कि फुकुयामा?

नेकपा एमालेका सांसद योगेश भट्टराईले गठबन्धन सरकार जति धेरै समय सत्तामा रहन्छ, त्यति बर्बादी मात्रै हुने टिप्पणी गरेका छन्।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं– नेकपा एमालेका सांसद योगेश भट्टराईले गठबन्धन सरकार जति धेरै समय सत्तामा रहन्छ, त्यति बर्बादी मात्रै हुने टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको प्रि–बजेट छलफलमा भाग लिँदै उनले गठबन्धन सरकार सिद्धान्त विनाको भएजस्तै बजेटको प्राथमिकता पनि त्यस्तै भएको बताए।

National life

उनले भने, ‘गठबन्धन सरकार गाढालाई अगाडिबाट र पछाडिबाट तान्ने काम गरिरहेको छ। यसले न अगाडि जान सक्छ, न पछाडि हट्न सक्छ।’ उनले अहिलेको गठबन्धनको कुनै सिद्धान्त नै नरहेको दाबी गरे। 

‘विनियोजन विधेयक हेर्दा कतै अर्थमन्त्री सिद्धान्तविहीन भएको देखिन्छ। यसमा कुनै प्राथमिकता र सिद्धान्त छैन,’ उनले भने। उनले फुकुयामा कि मार्क्सवाद सिद्धान्त भन्नेमा प्रष्ट नभएको टिप्पणी गरे।

भट्टराईले संविधानमा देश समाजवाद उन्मुख भनिए पनि बजेटमा त्यसलाई प्राथमिकता नदिइएको बताए। सार्वजनिक शिक्षा र स्वाथ्यलाई प्राथमिकता दिने कुरा नभएको उनको भनाइ थियो। अघिल्लो सरकारले ३९६ वटा स्वास्थ्य चौकी बनाउने कुरा गरेको, तर अहिले यसको नाम नै नलिने गरी बजेटको सिद्धान्त र प्राथमिकता आएको उनले आरोप लगाए।

प्रकाशित: May 18, 2022| 13:58 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्