सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रोयल इनफिल्डका भेट्रान सोलो राइडर श्रेष्ठद्वारा सगरमाथा आरोहण

रोयल इनफिल्डका भेट्रान सोलो राइडर श्रेष्ठद्वारा सगरमाथा आरोहण

नेपालका एकमात्र रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं– नेपालका एकमात्र रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्। उनी यही जेठ १ गते बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन्। 

उनले १० जना विभिन्न मुलुकका पदयात्रीसँगै आरोहण पूरा गरेका हुन्। सगरमाथा आरोहण ८८४८ बालिकालाई बाल बिबाहविरुद्ध शिक्षा  अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभ प्रा।लि। ले त्रिवेणी ग्रुपको कार्यालयमा एक कार्यक्रम आयोजना गरी कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा पनि प्रदान गरेका थिए। श्रेष्ठले सगरमाथाको चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलतापूर्वक पुर्याइ फहराएका थिए।

विश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा। ली। ले नेपाल भर बिक्रि अनुमति पाएको छ।


प्रकाशित: May 18, 2022| 12:41 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्