बुधबार, वैशाख २६, २०८१

जहाँ बुबाको हारको बदला लिए छोराले

नेपाली कांग्रेसबाट निवर्तमान गाउँपालिका अध्यक्ष कार्की नै प्रतिष्पर्धामा थिए। कार्कीलाई मगरले १ हजार ४२० मतान्तरले हराउँदै अघिल्लो निर्वाचनमा बुवालाई हराएको बदला लिएका छन्।
 |  बुधबार, जेठ ४, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, जेठ ४, २०७९

विराटनगर– ०७४ को स्थानीय तह निर्वाचनमा मोरङको केराबारी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार नविन थापा मगर थिए। निर्वाचनमा उनी विजयी हुन सकेनन्। एमालेको आधार क्षेत्रबाट उनी पराजित भए। थापा मगरलाई नेपाली कांग्रेसका रोहितबहादुर कार्कीले पराजित गरे। 

triton college

कार्कीले ५ हजार ४९९ मत ल्याउँदा थापा मगरले ५ हजार २१७ मतमात्रै ल्याउन सके। २८२ मतान्तरले थापा मगर पराजित भए। एमालेले उपाध्यक्ष आफ्नो पक्षमा पार्न सक्यो। यस पटकको स्थानीय तह निर्वाचनमा केराबारीमा एमालेले अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडाध्यक्षहरु आफ्नो पक्षमा पार्न सकेको छ। 

निर्वाचनमा एमालेबाट नविन थापामगर उम्मेदवारको दौडमा थिएनन्। उनले आफूलाई प्रतिष्पर्धामा नल्याएर छोरा सुमन मगरलाई प्रतिष्पर्धामा उतारे। नेपाली कांग्रेसबाट निवर्तमान गाउँपालिका अध्यक्ष कार्की नै प्रतिष्पर्धामा थिए। कार्कीलाई मगरले १ हजार ४२० मतान्तरले हराउँदै अघिल्लो निर्वाचनमा बुवालाई हराएको बदला लिएका छन्। मगरले बुवालाई पराजित गर्नेलाई हराउँदै एमालेको सो क्षेत्रको पुरानो विरासतलाई पनि फर्काएका छन्। 

 नेपाली कांग्रेसबाट निवर्तमान गाउँपालिका अध्यक्ष कार्की नै प्रतिष्पर्धामा थिए। कार्कीलाई मगरले १ हजार ४२० मतान्तरले हराउँदै अघिल्लो निर्वाचनमा बुवालाई हराएको बदला लिएका छन्।

बुधबार बिहान निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मतपरिणाम अनुसार मगरले ७ हजार ८१० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले ६ हजार ३९० मत ल्याएर पराजित भएका छन्। अध्यक्षमा पराजित कार्कीले हारलाई स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिएका  छन्।

एमाले नेता तथा केराबारी गाउँपालिका २ (साविक सिंहदेवी गाविस) पूर्व अध्यक्ष डिल्लीराम शर्मा अधिकारीले विजयलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्। जितलाई जनताका पक्षमा अत्यन्तै सालिनतापूर्वक प्रयोग गरी काम गर्नुपर्ने बताए।

corrent noodles
Metro Mart

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले मोरङका सदस्य समेत रहेका नवनिर्वाचित अध्यक्ष मगरले चुनावी प्रतिबद्धता अनुसार गाउँपालिकालाई गतिदिने बताए। १० वटा वडा रहेको केराबारीमा एमालेबाट उपाध्यक्षमा मनमाया मगर, वडा नम्वर १ मा शरण थापा मगर, २ मा प्रेमबहादुर लिम्वु, ३ मा रामचन्द्र शाही, ५ मा अजय लिम्वु, ७ मा खगेन्द्रप्रसाद निरौला र १० पूर्ण मगर निर्वाचित भएका छन्। 


प्रकाशित: May 18, 2022| 12:11 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।