सोमबार, असोज १२, २०८३

तीनवटा बिमा कम्पनीलाई मर्जरको स्वीकृति

तीनवटा बिमा कम्पनीले एक आपसमा गाभिनको लागि सैद्धान्तिक अनुमति पाएका छन्।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं– तीनवटा बिमा कम्पनीले एक आपसमा गाभिनको लागि सैद्धान्तिक अनुमति पाएका छन्। प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफले एक अर्कामा गाभ्न तथा गाभिनको लागि अनुमति माग गर्दै निवेदन दिएकोमा बिमा समितिले स्वीकृति दिएको हो। 

योसँगै कम्पनीहरुलाई प्रक्रियागत रुपमा मूल्यांकनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न निर्देशन दिइएको छ।

यसअघि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई समितिले एकआपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

बिमा समितिले जीवन बिमा कम्पनीलाई साढे २ अर्ब र निर्जीबन बिमा कम्पनीलाई २ अर्ब चुत्तmा पुँजी बनाउन निर्देशन दिएसँगै कम्पनीहरु मर्जरमा जान लागेका हुन्।

प्रकाशित: May 18, 2022| 11:54 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्