आइतबार, मंसिर ७, २०८२

मुम्बईविरुद्ध हैदराबादको ३ रनको जित

वांखडे रंगशालामा सम्पन्न भएको खेलमा हैदराबादले जित निकालेको हो। टस हारेर पहिले ब्याटिङको अवसर पाएको हैदराबादले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर १९३ रन बनाएको थियो।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत मंगलबार रातिको खेलमा मुम्बई इन्डियन्सविरुद्ध सनराइजर्स हैदराबादल ३ रनको जित निकालेको छ।

National life

वांखडे रंगशालामा सम्पन्न भएको खेलमा हैदराबादले जित निकालेको हो। टस हारेर पहिले ब्याटिङको अवसर पाएको हैदराबादले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर १९३ रन बनाएको थियो। जवाफमा मुम्बईले २० ओभरमा सात विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो।

हैदराबादको जितमा राहुल त्रिपति प्लेयर अफ दि म्याच रहे। उनले ब्याटिङका क्रममा ४४ बलमा ७६ रनको  योगदान दिएका थिए। त्यस्तै, प्रियम गर्गले ४२ रन बनाए भने निकोलस पुरनले ३८ रनको योगदान दिए। यता मुम्बईका रमनदिपले तीन विकेटको योगदान दिए।

त्यस्तै जवाफी ब्याटिङमा मुम्बइको ओपनरले ९५ रनको बलियो साझेदारी गरेका थिए। आउट हुनुअघि रोहितले ४८ र इशान किसनले ४३ रन बनाए। त्यस्तै, टिम डेबिडले ४६ रनको योगदान दिए पनि मुम्बईल जित्न सकेन। मुम्बईलाई लक्ष्य पुरा गर्न नदिने क्रममा हैदराबादका उमरन मलिकले तीन विकेट लिए।

प्रकाशित: May 18, 2022| 09:21 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।