आइतबार, मंसिर ७, २०८२

लिभरपुललाई ईपीएलको उपाधि सम्भव छ?

यसअघि लिभरपुलले एक खेलमा बराबरी गरेरदुई अंक गुमाइसकेको थियो। तर गएरातिके खेलमा लिभरपुलले साउथह्याम्टनविरुद्ध जित निकालेसँगै उसले उपाधिको होड कायम राखेको हो।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं- प्रिमियर क्लब लिभरपुलले यो सिजनमा दुई उपाधि जितिसकेको छ। अब ऊ बाँकी दुई उपाधि जितेर एकै सिजन चार उपाधि जित्ने होडमा अघि बढेको छ।

National life

दुई दिनअघिको खेलमा म्यानचेस्टर सिटीले बराबरी खेलेपछि लिभरपुलको त्यो सम्भावना पनि देखिएको छ। तर यो सम्भावनामै सीमिति हुने सम्भावना पनि त धेरै छ। किनभने अहिले एक खेल मात्र बाँकी रहँदा ९० अंकका साथ सिटी शीर्षस्थानमा छ भने लिभरपुल ८९ अंकका साथ दोस्रो स्थानमा छ।

यसअघि लिभरपुलले एक खेलमा बराबरी गरेरदुई अंक गुमाइसकेको थियो। तर गएरातिके खेलमा लिभरपुलले साउथह्याम्टनविरुद्ध जित निकालेसँगै उसले उपाधिको होड कायम राखेको हो।

मंगलबार राति लिभरपुललाई जित दिलाउन ताकुमी मिनमिनो र जोयल मटिमपले गोल गरेका थिए। १३औं मिनेटमै एक गोलले पछि परेको अवस्थाबाट मिनमिनोले २७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

तर, ६७औं मिनेटमा जोयलले विजयी गोल गरे। यो जितले लिभरपुललाई उपाधिको आशा बचाएको हो। ‘सिटीबाट उपाधि खोस्नु अहिले नै हुन्छ जस्तो चाहिँ लाग्दैन तर सम्भावना चाहिँ छ,’ लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भनेका छन्।

Laxmi sunrise bank
kumari

अब आउँदो खेलमा सिटीले एस्टन भिल्लासँग खेल्नेछ भने लिभरपुलले उल्भ्रह्याम्टनसँग खेल्नेछ। लिगमा एकपटक सिटीभन्दा लिभरपुले धेरै अंकले पछि थियो। तर उसले लगातार राम्रो प्रदर्शन गर्‍यो।

‘हामी गिभअप चाहिँ गर्दैनौँ। अन्तिम समम्म कोसिस गरिरहनेछौं,’ प्रशिक्षक क्लोपले भनेका छन्। यता उल्भ्सले आराम पाइरहेको छ भने भिल्लाको अब दुई खेल बाँकी नै छ। यसकारण अबको खेलमा सिटीलाई सजिलो हुने प्रशिक्षक क्लोप बताउँछन्।

‘तर फुटबलमा कस्तो हुन्छ भने, मलाई लाग्छ सन् २०१९ मा सिटीले उपाधि जित्दा पनि उसले ११ मिलिमिटरको कारण जितेको थियो। यदी कोहि हामीलाई उपाधि विजेता देख्न चहान्छ भने हामीले जित्नुपर्छ र भिल्लाले सिटीबाट एक अंक लिनुपर्छ,’ प्रशिक्षक क्लोपले भने।

प्रकाशित: May 18, 2022| 08:55 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।