सोमबार, असोज १२, २०८३

गाडी भाडा बढ्यो [देशभरका गन्तव्यको सूचीसहित]

सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगत्तै गाडी भाडा पनि बढेको हो।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगत्तै गाडी भाडा पनि बढेको हो। 

वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रुपमा अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ। 

अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा यात्रुवाहक तर्फ ३.५ प्रतिशत भाडा बढेको छ। पहाडी बाटोमा गुड्ने मालवाहक गाडीमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाइएको छ।

इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढेमा स्वचालित रुपमा भाडा समायोजन हुने व्यवस्था छ। नेपाल आयल निगमले शनिबार इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको थियो।

समायोजन भएको भाडा भोलि बुधबारदेखि लागू हुने विभागले बताएको छ।

यस्तो छ बढेको भाडादर 


प्रकाशित: May 17, 2022| 18:45 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्