सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकले एनबिलाई गर्ने एक्विजिसन मुद्दामा रितपूर्वक म्याद तामेली गर्न सर्वोच्चको आदेश

नबिल बैंकले एनबिलाई गर्ने एक्विजिसन मुद्दामा रितपूर्वक म्याद तामेली गर्न सर्वोच्चको आदेश

नबिल बैंकसँग एक्विजिसनको प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंक (एनबि) विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा रितपूर्वक म्याद जारी गर्न आदेश भएको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– नबिल बैंकसँग एक्विजिसनको प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंक (एनबि) विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा रितपूर्वक म्याद जारी गर्न आदेश भएको छ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेश भएको सो मुद्दामा रितपूर्वक म्याद जारी नभएको भन्दै रितपूर्वक म्याद जारी गर्न आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकृत देवेन्द्र ढकालले जानकारी दिए। 

गत वैशाख २५ गते सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपनि अन्तरिम आदेश जारी गर्नका लागि रितपूर्वक म्याद जारी नभएकोले रितपूर्वक म्याद जारी गर्न आदेश भएको हो। एनबि बैंकका लगानीकर्ताहरुले नबिल बैंकसँग हुन लागेको एक्विजिसन अवैधानिक भएको भन्दै दिवेश्वरी इन्भेष्टमेण्ट प्रालि र नेपाल पावर डेभलपमेण्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिले छुट्टाछुट्टै समयमा नियामक निकाय र दुवै बैंकका सञ्चालक समितिविरुद्ध मुद्दा दायर गरेका थिए। 

दिव्यश्वरीले वैशाख १९ र नेपाल पावरले वैशाख २२ गते सर्वोच्च अदालतमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सिडिएस एण्ड क्लियरिङ, नेपाल राष्ट्र बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश बैंकका सञ्चालक समिति, नबिल बैंक र नबिल बैंकका सञ्चालक समितिविरुद्ध रिट दायर गरेका थिए। 

सो मुद्दामा आज मंगलबार कार्की र ढुंगानाको संयुक्त इजलासले रितपूर्वक म्याद जारी गर्न आदेश दिएको हो। नबिल बैंक र एनबि बैंकले जेठ ७ गते एक्विजिसनका लागि विशेष साधारणसभा बोलाएका छन्।

प्रकाशित: May 17, 2022| 18:25 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्