बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्थानीय निर्वाचनपछि पहिलोपटक कारोबार भएको नेप्सेमा पहिरो

स्थानीय निर्वाचनपछि पहिलोपटक कारोबार भएको नेप्सेमा पहिरो

स्थानीय निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा पहिरो गएको छ। आज मंगलबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– स्थानीय निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा पहिरो गएको छ। आज मंगलबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ।

National life

स्थानीय तहको निर्वाचन तथा सार्वजनिक बिदाका कारण चार दिन कारोबार बन्द भएर आज कारोबार भएको नेप्से उच्च अंकले घटेको छ। आज नेप्से ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १४.२७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७० अंकले गिरावट आएको छ।

मंगलवार कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९५ हजार कित्ता सेयर १ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आज नेप्सेसँगै कारोबार रकम समेत गिरावट आएको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ। लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी र व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

मंगलबार नेप्से परिसूचक गिरावटसँगै तीन कम्पनीको मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयरमूल्य १० प्रतिशत घटेको छ। त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। तर यता सामुदायिक लघुवित्तको सेयरमूल्य भने ५ प्रतिशत बढीले बढेको छ ।

Shivam cement

मंगलवार कारोबार रकमका आधारमा ९ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ। त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर कम्पनीको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: May 17, 2022| 16:25 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्