शनिबार, मंसिर ६, २०८२

आउट भएको ठानेर पवेलियनमा पुगेकी खेलाडी पुनः मैदान फर्किइन्

युगान्डाविरुद्धको पाँच खेलको सिरिजअन्तर्गत आज नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले पाहुना टिम युगान्डालाई १०२ रनको लक्ष्य पस्किएको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- युगान्डाविरुद्धको पाँच खेलको सिरिजअन्तर्गत आज नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले पाहुना टिम युगान्डालाई १०२ रनको लक्ष्य पस्किएको छ।

National life

दोस्रो खेलमा टस हारेको नेपालले पहिले ब्याटिङको अवसर पाएको थियो। कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा नेपालले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १०१ रन बनाएपछि नेपालले १०२ रनको लक्ष्य प्रस्तुत गरेको हो।

खेलमा नवौं ओभरको दोस्रो बलमा केही आश्चर्य भयो। ज्यानेटको बलमा सरिता मगरले स्ट्राइक लिएकी थिइन्। उनको अर्कोतर्फ थिइन् विन्दू रावल।

बललाई मैदानबाट ब्याकवार्ड पोइन्टतर्फ प्रहार गरिन्। त्यहाँ रहेका फिल्डरले सहजै बल भेट्टाए। विन्दूले उनलाई रन नलिनका लागि सुझाव दिए पनि रन लिनका लागिअघि बडिसकेकी थिइन्।

यता फिल्डरबाट पाएको बललाई हातमा लिएर केविन अभिनोले स्टाम्पमा प्रहार गरेकी थिइन्। यसरी सरिता आउट भइन्। यता अम्पायरले औला उठाएनन्। उनीहरूले निणयार्थ थर्ड अम्पायरलाई जिम्मा लगाइदिए।

Laxmi sunrise bank
kumari

भिडियो रिप्लेमा हेर्दा थाहा भयो कि उनी आउट थिइनन्। केविनले बललाई स्टाम्पमा प्रहार गरिरहेको समयमा उनको हातबाट बल फुत्किसकेको थियो।

विकेटकिपरले स्ट्याम्पिङ गरिरहेको समयमा हातमा बल भएमा मात्र ब्याटर आउट हुन्छन्। तर, केविनले स्टाम्पिङ गर्दा उनको हातमा बल थिएन र सरिताले लाइफलाइन पाइन्। त्यतिबेला नेपाली टिमका सिनियर खेलाडी सिता राना मगर मैदान पस्नै लागेकी थिइन्।

यसरी लाइफलाइन पाएकी सरिताले २७ बलमा २२ रनको योगदान दिइन्। त्यो घटना हुँदा उनी पहिलो बल खेल्दै थिइन्। भर्खरै मात्र अप्सरी बेगमले १२ बलमा तीन रन बनाएर पेवेलियन फर्किसकेकी थिइन्। त्यस्तै, इन्दू वर्मालाई नेपालले पहिलो विकेटका रुपमा गुमाएको थियो। इन्दुले आजको खेलमा पाँच रन मात्र बनाइन्।

त्यसैले मिडिल अर्डरमा रन बनाउने जिम्बेवारीका साथ मैदानमा पुगेकी थिइन् सरिता। यता विन्दू रावलले भने २६ रनको योगदान दिइन्। नेपाली टिमकी कप्तान रुविना क्षेत्रीले पनि १५ बलमा १७ रन बनाइन्।

नेपालविरुद्ध बलिङमा जानेत एम्बाबाजीले दुई विकेट गिराइन भने रिता मुसामाली, कोन्सी अवेको र इवेल्न अनिपोले समान १-१ विकेट लिए।

पाँच खेलको दुईदेशीय सिरिज सोमबारबाट सुरु भएको हो। पहिलो खेलमा नेपालले १२ रनको हार बेहोरिसकेको छ। यद्यपी नेपाली टिमका मूख्य प्रशिक्षक जगत टमाटाले जितको लक्ष्य राखेको पहिलो दिनको खेलपछि बताएका छन्।

प्रकाशित: May 17, 2022| 15:08 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।