बुधबार, असार १०, २०८३

बर्जर पेन्टसको ‘बर्जर उपहारको वर्षा’ सार्वजनिक

बर्जर पेन्ट्स नेपालले ‘बर्जर उपहारको वर्षा’ २०७९ योजना सार्वजनिक गरेको छ।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं– बर्जर पेन्ट्स नेपालले ‘बर्जर उपहारको वर्षा’ २०७९ योजना सार्वजनिक गरेको छ। नेपालमा २ दशकदेखि सजावटी पेन्टहरुमा एक चिरपरिचित ब्राण्ड रहँदै आएको बर्जर पेन्ट्सले जेठ १ गतेदेखि प्रि–मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ सार्वजनिक गरेको हो। 

National life

यस योजना अन्तर्गत ७५ हजार मूल्य बराबरको बर्जर पेन्टसको कुनैपनि इमल्सन उत्पादनहरु खरिद गरेमा ग्राहकले स्योर सट पुरस्कार जित्न सक्नेछन्। लक्की ड्र मार्फत एक भाग्यशाली विजेताले बम्परमा रोयल एनफिल्ड बुलेटको जित्न सक्नेछन् । अन्य बम्पर पुरस्कारमा सीजी ४३ टिभि, सामसुङ ७।५ केजी टप लोडिङ वाशिङ मेसिन, भिडियोकन १९० लि। फ्रिज र सिजी भ्याकुम क्लिनरहरु रहेका छन् ।

यो योजना बर्जरको वेदरकोट लंग लाईफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्पm सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लीन फ्रेस, इजी क्लीन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाईट इमल्सनमा लागू हुनेछ ।


प्रकाशित: May 17, 2022| 12:59 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्