सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दिउँसो ४ बजे सुरु हुँदै बजेट अधिवेशन, बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री

दिउँसो ४ बजे सुरु हुँदै बजेट अधिवेशन, बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री

संसदको बजेट अधिवेशन मंगलबार दिउँसो ४ बजे सुरु हुने भएको छ। अधिवेशनको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्ताव संसदमा प्रस्तुत गर्ने भएका छन्।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- संसदको बजेट अधिवेशन मंगलबार दिउँसो ४ बजे सुरु हुने भएको छ। अधिवेशनको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्ताव संसदमा प्रस्तुत गर्ने भएका छन्। 

स्थानीय तहको निर्वाचनले यस वर्षको बजेट अधिवेशन प्रभावित भएको हो। बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगाडि नै बजेट तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) संसदमा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।

अर्थमन्त्रीले उक्त प्रस्ताव संसदमा प्रस्तुत गरेपछि संसदमा प्रिबजेट छलफल हुनेछ। प्रतिनिधिसभाको नियमावलीको नियम १४२ को उपनियम ४ अनुसार यो छलफल भने राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा १५ दिनअघि नै सक्नुपर्ने प्रावधान छ।

जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भएपनि स्थानीय निर्वाचनका कार १५ दिनअघि सिद्धान्त र प्राथमिकता प्रभावित भएको हो।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। यसैगरी जेठ १४ गते अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट प्रस्तुत गर्ने बताइएको छ।

प्रकाशित: May 17, 2022| 12:05 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्