सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजीवृद्धिको दबाबपछि ३ बिमा कम्पनी एक बन्न अनुमति माग

पुँजीवृद्धिको दबाबपछि ३ बिमा कम्पनी एक बन्न अनुमति माग

समिति अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष संयुक्त पत्र बुझाउँदै मर्जरका लागि अनुमति मागेका हुन्। कम्पनीहरुले गत साता नै मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

काठमाडौं- जीवन बिमा अन्तर्गतका ३ बीमा कम्पनी मर्जरको अनुमति माग्दै बिमा समिति पुगेका छन्। युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार समितिमा अनुमतिका लागि संयुक्त रूपमा निवेदन पेस गरेका हुन्।

समितिमा पुगेका तीन वटै कम्पनीका सिईओ तथा प्रतिनिधिले बीमा समितिमा निवेदन दिएका छन्। 

समिति अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष संयुक्त पत्र बुझाउँदै मर्जरका लागि अनुमति मागेका हुन्। कम्पनीहरुले गत साता नै  मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। योसँगै तीनै कम्पनीको सेयर कारोबार रोक्का भएको छ। 

समितिले जीवन बिमाका हकमा अनिवार्य रूपमा साढे २ अर्ब चुक्तापुँजी बनाउन निर्देशन दिएको थियो। उक्त निर्देशनअनुसार हकप्रद सेयर जारी गरेर मात्र नपुग्ने भएपछि एकसाथ तीन बिमा कम्पनी एक बन्नका लागि निवेदन दिएका हुन्।

प्रकाशित: May 17, 2022| 11:46 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्