सोमबार, वैशाख २४, २०८१

चितवनका सीडीओले माफी मागेपछि भरतपुरको मतगणना पुनः सुरु

भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ। चितवनका सीडीओले माफीमागेपछि गणना सुरु भएको हो।
 |  मंगलबार, जेठ ३, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, जेठ ३, २०७९

चितवन- भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङले माफी मागेपछि गणना सुरु भएको हो। कुन मत बदर हुने र कुन नहुने भन्नेबारे विवाद भएपछि अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि पुनः सुरु भएको हो।

triton college

गणनामा विवाद भएपछि सीडीओले कर्मचारीलाई निकाल्न खोजेका थिए। यसै विषयमा विवाद चर्किँदै गयो। विवाद साम्य भएर अहिले गणना सुरु भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए। उनका अनुसार विवादित कर्मचारीलाई भोलिदेखि मतगणनामा सहभागी नगराउनेसमेत सहमति भएको छ। 

दुईवटा मतपत्रमा डबल छाप देखिएपछि विवाद उत्पन्‍न हुँदा मतगणना रोकिएको थियो। भरतपुर गणना विभिन्न काउन्टरमा भइरहेको छ। एक नम्बर काउन्टरका मतपत्रमा रुख र हँसिया हथौडामा दुवैमा स्वस्तिक छाप देखियो। ७ नम्बर काउन्टरमा पनि हलो र सूर्य दुवैमा छाप देखियो। ७ नम्बर र ३ नम्बर काउन्टरको मत बदर गरियो। तर एक नम्बर काउन्टरको मतलाई बदर गर्न नमान्दा विवाद उत्पन्‍न भएको थियो। मत सदर र बदरको विषयमा विवाद भएपछि सीडीओले कर्मचारीलाई बाहिर निस्कन भनेका थिए। यसै विषयमा कर्मचारी र दलका प्रतिनिधि विभाजित भएका थिए। 

यसपछि उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका थिए। सीडीओले माफी मागेपछि गणना सुरु भएको हो। 

प्रकाशित: May 17, 2022| 00:18 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...