सोमबार, असोज १२, २०८३

नेपाल र भारतबीच ६ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच विभिन्न क्षेत्रमा ६ वटा सम्झौता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा आज दुई देशबीच ६ बुँदे सम्झौता भएको हो।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– नेपाल र भारतबीच विभिन्न क्षेत्रमा ६ वटा सम्झौता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा आज दुई देशबीच ६ बुँदे सम्झौता भएको हो।

भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार यस्ता छन् सम्झौता

१) बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता

२) भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता

३) भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता

४) काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहयोगको सम्झौता

५) नेपालको काठमाडौं विश्वविद्यालय र आईआईटीएमबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने

६) अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजल जलविद्युत लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता

प्रकाशित: May 16, 2022| 15:50 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्