काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ६३ पैसा र बिक्री दर १२४ रुपैयाँ २३ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२८ रुपैयाँ ७४ पैसा र बिक्री दर १२९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्री दर १५२ रुपैयाँ ३४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२३ रुपैयाँ ४० पैसा र बिक्री दर १२३ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८० पैसा र बिक्री दर ८६ रुपैयाँ २२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २२ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५७ पैसा र बिक्री दर ९ रुपैयाँ ६१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २१ पैसा र बिक्री दर १८ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ९६ पैसा र बिक्री दर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ७५ पैसा र बिक्री दर ३३ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९ रुपैयाँ ७२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर