शनिबार, वैशाख ८, २०८१

बालेन अघि सार्दै विद्रोहको संघारमा छ काठमाडौं

महानगरका भित्री बस्तीमा मतगणना सुरु भएपछि नै जितको छिनोफानो हुने अधिकांश कांग्रेस र एमाले नेताहरुको विश्लेषण छ।
 |  आइतबार, जेठ १, २०७९

अनिल यादव

अनिल यादव

आइतबार, जेठ १, २०७९

यतिखेर बालेन शाहको ‘लौरो’ले काठमाडौं थर्किएको छ। करिब १० हजार मतगणना भइसक्दा बालेन आफ्ना प्रतिस्पर्धीभन्दा करिब दोब्बर मतले अगाडि छन्। त्यसैले उनी मतगणनास्थलबाट उत्साहित हुँदै भनिरहेका छन्, ‘हामी जित्छौं। जित्नेमा लगभग निश्चित छौं।’ 

triton college

त्यसो त अहिले गणना भइरहेको ६ वटै वडाहरु १, २, ३, ४, ३१ र ३२ को ‘भोट प्याटर्न’ पनि उनकै पक्षमा देखिन्छ। तर, यी वडा काठमाडौंको 'नेवारी बस्ती'भन्दा बाहिरका हुन्। काठमाडौंको भित्री भाग नेवार बस्तीको मतगणना बाँकी छ। त्यसैले एमाले र कांग्रेसका नेता अहिले नै हतोत्साहित हुने पक्षमा छैनन्। मतगणनास्थलमा भेटिने ठूला पार्टीका प्रतिनिधिहरुलाई आशा छ, ‘भित्री बस्तीको मतगणना सुरु भएपछि हाम्रो मत बढ्छ, बालेनको घट्छ।’

अहिलेसम्मको अवस्थामा बालेनलाई पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापित स्वयम् पनि दाबी गरिरहेका छन्, ‘जित्ने मैले नै हो। अहिले गणना भइरहेका वडाका आधारमा राय नबनाउनुस्।’

के त्यसो भए स्थापितले भनेझैँ ‘कोर सिटी’भित्र प्रवेश गरेपछि काठमाडौंको मतगणनाको परिदृश्य बदलिन्छ त? यसको चर्चा हामी गर्ने नै छौं। तर, त्यसअघि अहिले मतगणना भइरहेका वडाहरुको चर्चा गरौं। 

सबैभन्दा महत्वपूर्ण कुरा अहिले मतगणना भइरहेको र बालेनले लिड गरिरहेको ६ वटा वडा कोर सिटी बाहिरकै भएपनि यसअघि ०७४ को स्थानीय चुनावमा यी वडामा एमालले अध्यक्ष जितेको थियो। नक्साल आसपास पर्ने वडा नम्बर १ मा त्यतिबेला एमालेका भरतलाल श्रेष्ठले १ हजार ३५ मत ल्याएर जितेका थिए। त्यतिबेला प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले भने ६३९ मत मात्र पाएका थिए। पछिल्लो अपडेटअनुसार यही वडाबाट बालेनले ७ सय ८३ मत ल्याएका छन्। यो वडामा ६२२ मत ल्याएर एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन्। 

corrent noodles
Metro Mart
अहिलेसम्मको अवस्थामा बालेनलाई पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापित स्वयम् पनि दाबी गरिरहेका छन्, ‘जित्ने मैले नै हो। अहिले गणना भइरहेका वडाका आधारमा राय नबनाउनुस्।’

०७४ को चुनावमा काठमाडौंका ३२ मध्ये एमालेले १८ र कांग्रेसले १४ वडा जितेका थिए। जसमा लाजिम्पाट आसपास पर्ने वडा नम्बर २ पनि एमालेले १८ सय ४० भोट ल्याएर जितेको थियो। अझ महाराजगन्ज आसपास पर्ने वडा नम्बर ३ मा त एमालेको लोकप्रिय मत नै थियो। त्यतिबेला एमालेका दीपक केसीले ३०६२ मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका उम्मेदवारले १५४१ मत मात्रै ल्याएका थिए। झन्डै दोब्बर मत ल्याएको यो वडाबाट अहिलेसम्म एमालेका स्थापितले ४६८ मत ल्याउँदा बालेनको ७७५ पुगेको छ। यो वडामा गणना जारी छ।  

त्यस्तै बालुवाटार आसपास पर्ने वडा नम्बर ४, भिमसेनगोला, शान्तिनगर आसपास पर्ने वडा नम्बर ३१ र कोटेश्वर आसपास पर्ने वडा नम्बर ३२ पनि अघिल्लो पटक एमालेले नै जितेको थियो। तर, यो पटक यी सबै वडाहरुमा एमालकै उम्मेदवार स्थापितलाई बालेनको ‘लौरो’ले धक्का दिएको छ। 

०७४ मा एमालेबाट मेयर जित्दा विद्यासुन्दर शाक्यले यी सबै वडामा उनैले लिड गरेर राम्रो मत पनि ल्याएका थिए। तर, यसपटक उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोललाई मत हालेका एमाले मतदाताले मेयरमा बालेनलाई चुन्दा स्थापितलाई झट्का लागेको छ। 

प्रकाशित: May 15, 2022| 20:52 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...