बुधबार, असार ३१, २०८३

वर्षा अझै नरोकिने : कहाँ–कहाँ बाढीको जोखिम ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर मध्यमदेखि भिषण खालको वर्षा हुने प्रक्षेपण गरेको छ । 

महाशाखाका अनुसार सोमबार राति देशका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । मंगलबार राति भने पूर्व तथा मध्य भागका केही स्थानमा भारि वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 

मंगलबार दिउँसो भने देशभर मौसममा पूर्ण बदली आउने र हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण महाशाखाको छ । ‘बुधबार दिउँसो र राति सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ,’ महाशाखाको वेबसाइटमा उल्लेख छ । 

बर्दियाको बबई नदी तटीय इलाकामा जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि नै उच्च सतर्कता अपनाउन सूचना जारी गरिसकेको छ । बबईमा पानीको सतह बढेकाले सतर्कताका लागि सूचित गरिएको विभागको भनाइ छ । 

राष्ट्रिय समाचार समितिका अनुसार दार्चुलाको उत्तरी क्षेत्रमा ठूलो वर्षा भइरहेकाले महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागले उक्त क्षेत्रमा भीषण वर्षा हुने प्रक्षेपण गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको स्थानीय प्रशासनको भनाइ छ । 

‘उत्तरी क्षेत्रमा ठूलो वर्षा भएको जानकारी प्राप्त गरेका छौं,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले भने, ‘महाकालीमा पानीको बहाव बढेर जुनसुकै बेला खतरा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेका हौं ।’

जिल्ला प्रशासनले सदरमुकाम खलंगा, धाप, जोलजीवीलगायत तटीय क्षेत्रका बासिन्दालाई बढी सतर्क रहन आग्रह गरेको छ । महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा हुँदै कञ्चनपुरसम्म बग्छ । बाढी प्रभाव तल्लो तटीय क्षेत्रमा पनि रहन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हल्का तथा मध्यम वर्षाका कारण खहरे खोलाहरूमा बाढीको सम्भावना रहने गर्छ । ठूला नदीभन्दा खहरे खोलाहरूको किनारका बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । 

काठमाडौं थापाथलीस्थित वागमती किनारको सुकुम्बासी बस्तीमा प्रशासनले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । उपत्यकाका वागमती, मनोहरा, विष्णुमती, हनुमन्ते, टुकुचालगायत खोला आसपासका बस्तीमा पनि प्रशासनले उच्च सतर्कता अपनाएको छ । 

वर्षा गराउने न्यून चापीय रेखा अहिले नेपाली आकाशमै छ । सोही कारण देशभर मनसुन सक्रिय छ, जुन करिब एक साता कायम रहने विभागको भनाइ छ । र, नेपाली आकाशको स्थानीय बादल पनि यतिबेला सक्रिय छ यतिबेला । 

नेपालमा ठूलो बाढी-पहिरोको जोखिम भने बंगालको खाडी र अरेबियन सागरबाट उठेको मनसुन दुवै सक्रिय रहँदा हुने गर्छ । अहिले भने तिब्बततिर पुगेर नेपाली आकाशतर्फ मोडिएको मनसुनले वर्षा गराइरहेको छ । त्यसैले, धेरै ठूलो वर्षाको सम्भावना कमजोर रहेको विभागको पूर्वानुमान छ । 

आइतबार रातिदेखिको अविरल वर्षाका कारण सोमबार उपत्यकाका तीनै जिल्लामा डुबानको समस्या देखिएको थियो । सोमबार काठमाडौंमा ४४, विराटनगरमा १९, सुर्खेतको वीरेन्द्रनगरमा ४६, पोखरामा २६, नेपालगञ्जमा ६४, सिमरामा ३६, दाङमा २५ र ओखलढुंगामा ५६ मिलिमिटर वर्षा भएको थियो । 

मंगलबार र बुधबार देशका प्रमुख नदीहरू, चुरे र महाभारत शृंखलामा बाढीको सम्भावनालाई नकार्न नसकिने बाढी पूर्वानुमान महाशाखाको भनाइ छ । कन्काई, कमला, वागमतीलगायत नदीमा जलस्तर बढ्न सक्ने अनुमान छ । झापा, मोरङ, सिन्धुली, सुर्खेत, बाँके, दाङ, बर्दिया, कैलालीलगायत जिल्लामा बाढीको प्रकोप देखिन सक्ने अनुमान महाशाखालाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।