काठमाडौं– सरकारले डिजेल, पेट्रोल र मटीतेलको भाउ बढाएको छ। वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मटीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ। बढेको मूल्य शनिबार रातिदेखि लागू हुनेछ।