बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गहुँ निर्यातमा रोक लगायो भारतले, नेपाललाई पनि असर पर्ने

गहुँ निर्यातमा रोक लगायो भारतले, नेपाललाई पनि असर पर्ने

भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ। भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ नआउने भएको छ।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

काठमाडौं– भारतले गहुँ निर्यातमा अस्थायी रोक लगाएको छ। भारतको यो निर्णयसँगै अब नेपालमा भारतबाट गहुँ नआउने भएको छ।

National life

रुस–युक्रेन युद्धका कारण भारतमा गहुँ लगायतका खाद्य वस्तुको मूल्यवृद्धि भएपछि भारतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै गहुँ निर्यातमा अस्थायी रोक लगाएको जनाएको हो।

भारतको यो निर्णयले नेपाललगायत थुप्रै देशलाई असर गर्ने जनाइएको छ। भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक राष्ट्र हो।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८–०७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा ५ अर्ब ९७ करोड २२ लाख २५ हजार रुपैयाँको गहुँ भित्रिएको छ। उक्त मूल्यमा भारतबाट नेपालमा १८ करोड ९ लाख २० हजार ५६४ केजी गहुँ आएको थियो।

अघिल्लो आर्थिक वर्ष २०७७–०७८ मा नेपालले ११ अर्ब ९७ करोड ६८ लाख ७६ हजार रुपैयाँको गहुँ भारतबाट आयात गरेको थियो। सो मूल्यमा ३८ करोड ८२ लाख ७८ हजार ८७७ केजी गहुँ नेपाल भित्रिएको थियो। नेपालमा भित्रने सबैजसो गहुँ भारतबाट आउने गरेको थियो। भारतले रोक लगाएपछि गहुँको अभाव हुने देखिएको छ।

Shivam cement

प्रकाशित: May 14, 2022| 11:36 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्