शनिबार, वैशाख २२, २०८१

बिहानैदेखि मतदाता लाइनमा [फोटो फिचर]

आज स्थानीय तह निर्वाचन। देशभर मतदानमा सहभागी हुन मतदाताहरू लाइन लागेका छन्।
 |  शुक्रबार, वैशाख ३०, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, वैशाख ३०, २०७९

काठमाडौं- आज स्थानीय तह निर्वाचन। देशभर मतदानमा सहभागी हुन मतदाताहरू लाइन लागेका छन्। आगामी पाँच वर्षका लागि स्थानीय सरकारका प्रतिनिधि चुन्न मतदाता बिहानैदेखि लाइनमा लागेका हुन्।

triton college

स्थानीय सरकारको बागडोर सम्हाल्न विभिन्न ६५ दलका तर्फबाट र स्वतन्त्र गरी एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा छन्। 

यो निर्वाचनबाट ७५३ वटै पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र ६ हजार ७ सय  ४३ वडाका वडाध्यक्ष चयन हुँदैछन्। यस्तै ६ हजार ७ सय ४३ वडाका लागि दलित महिला सदस्य, त्यति नै संख्याका महिला सदस्य र १३ हजार ४ सय ८६ जना वडा सदस्य (खुला) गरी कुल ३५ हजार २२१ जना प्रतिनिधि चयन हुँदैछन्। 

उनीहरूलाई मत दिन पाउने अधिकारप्राप्त नागरिकको संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

corrent noodles
Metro Mart

प्रकाशित: May 13, 2022| 06:50 शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...