सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिलसँग एक्विजिसन प्रक्रिया अघि नबढाउन एनबीलाई सर्वोच्चको आदेश

नबिलसँग एक्विजिसन प्रक्रिया अघि नबढाउन एनबीलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नबिल बैंकसँग प्राप्तीको प्रक्रिया अघि नबढाउन नेपाल बंगलादेश(एनबी) बैंकलाई आदेश जारी गरेको छ। न्यायधीश बमबहादुर श्रेष्ठको एकल इजलासले एनबीका नाममा त्यस्तो अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- सर्वोच्च अदालतले नबिल बैंकसँग प्राप्तीको प्रक्रिया अघि नबढाउन नेपाल बंगलादेश(एनबी) बैंकलाई आदेश जारी गरेको छ। न्यायधीश बमबहादुर श्रेष्ठको एकल इजलासले एनबीका नाममा  त्यस्तो अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। 

दिवेश्वरी ईन्भेस्टमेण्ट प्रालि तथा नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले दायर  गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले प्रक्रिया रोक्न आदेश जारी गरेको हो। यस्तै सर्वोच्चले जेठ ३ मा अल्पकालिन आदेशलाई निरन्तरता दिने/नदिने भन्ने निर्णय लिनका लागि छलफल समेत बोलाएको छ। 

नबिल बैंक र एनबी बैंकले जेठ ७ गते प्राप्तीको प्रस्ताव अनुमोदनका लागि विशेष साधारणसभा बोलाएका छन्।


प्रकाशित: May 12, 2022| 21:13 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्