सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एफवान सफ्टका अध्यक्ष ढकाल विश्वका १०० शीर्ष टेक चेन्जमेकरको सूचीमा

एफवान सफ्टका अध्यक्ष ढकाल विश्वका १०० शीर्ष टेक चेन्जमेकरको सूचीमा

एफवान सफ्ट समूहका अध्यक्ष विश्वास ढकाल विश्वका सय शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा परेका छन् ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– एफवान सफ्ट समूहका अध्यक्ष विश्वास ढकाल विश्वका सय शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा परेका  छन् । रेस्ट अफ वर्ल्डले सार्वजनिक गर्ने विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा उनको नाम परेको हो । 

रेस्ट अफ वर्ल्डले ढकाल नेतृत्वको कम्पनीले निर्माण गरेका १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैंकहरुले कुनै न कुनै एउटा प्रयोग गरेको उल्लेख गरेको छ । सन् २००४ मा इन्टरनेट र स्मार्टफोनको प्रयोग नेपालमा न्यून हुँदा नै एफवान सफ्ट स्थापना गरिएको थियो। 

ढकालले २००४ देखि अहिलेसम्म डिजिटल भुक्तानीको नीतिगत सुधारदेखि लगानीमा रहेको चुनौतीलाई आत्मसाथ गर्दै एफवानसफ्टलाई विस्तार गर्दै लगेको रेस्ट अफ वर्ल्डले उल्लेख गरेको छ।

अझै ९५ प्रतिशत जनसंख्या नगद कारोबारमै रहेको भन्दै ढकाल फोनपेको विस्तारमा अझै आक्रामक भएर अघि बढ्ने बताएका छन्।  एक करोड ८० लाख प्रयोगकर्ताहरुलाई अनलाइन भुक्तानी गर्न  सहज बनाउनमा ढकालको ध्यान केन्द्रित रहेको  बताइएको छ। जसमा फोनपे, इसेवालगायत रहेको उल्लेख गरिएको छ।

प्रकाशित: May 12, 2022| 17:23 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्