बुधबार, असार १०, २०८३

जेठ १ गतेबाट रात्रिकालीन उडान गर्दै बुद्ध एयर

दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान आकर्षक हुने बुद्ध एयरको विश्वास छ। रात्रीकालीन उडान बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो पनि हुने कम्पनीको विश्वास छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- बुद्ध एयरले आगामी जेठ १ गतेदेखि रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ। जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ। रात्रिकालीन उडान राती ८ बजेदेखि सुरु हुनेछन्। 

National life

दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान आकर्षक हुने बुद्ध एयरको विश्वास छ। रात्रीकालीन उडान बिहान र दिउँसोको तुलनामा सहज, सरल र सस्तो पनि हुने कम्पनीको विश्वास छ। 

कम्पनीले काठमाडौंमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको सूचना अधिकारी दिपेन्द्र कुमार कर्णले बताए। 

बुद्ध एयरले भैरहवा विमानस्थललाई पनि हबका रूपमा सबै प्रदेशसँग जोड्ने तयारीमा भइरहेको जानकारी दिएको छ। भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालन सुरु भइसकेको छ। भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा उडान भर्ने कम्पनीको योजना छ। 

प्रकाशित: May 12, 2022| 16:06 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्