बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • थप सुविधासहित काठमाडौं–सिंगापुर उडान सुरु गर्दै सिंगापुर एयरलाइन्स

थप सुविधासहित काठमाडौं–सिंगापुर उडान सुरु गर्दै सिंगापुर एयरलाइन्स

सिंगापुर एयरलाइन्सले आगामी जेठ ३० (जुन १३) देखि काठमाडौं–सिंगापुर उडान पुनः सुरु गर्ने भएको छ। एयरलाइन्सका नेपालस्थित महाप्रबन्धक एल्भीन टानले उच्चस्तरीय गुणस्तरसहितको उडान सुचारु गर्ने जानकारी दिएका छन्।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– सिंगापुर एयरलाइन्सले आगामी जेठ ३० (जुन १३) देखि काठमाडौं–सिंगापुर उडान पुनः सुरु गर्ने भएको छ। एयरलाइन्सका नेपालस्थित महाप्रबन्धक एल्भीन टानले उच्चस्तरीय गुणस्तरसहितको उडान सुचारु गर्ने जानकारी दिएका छन्।

National life

सिंगापुरको ध्वजावाहक वायुसेवा कम्पनी सिंगापुर एयरलाइन्सले  उच्च गुणस्तरीय क्याबिन सामग्री प्रयोग गरी गत वैशाख ५ गतेदेखि उडान सुरु गरेको थियो। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरफिल्ड कन्डिसनका कारण उडान बन्द भएको थियो। यात्रुहरुलाई उडानका क्रममा लक्जरी सेवा र अनुभव दिने उद्देश्यले सेवा सुरु गर्न लागिएको टानले बताए। क्याबिन सामग्रीमा मात्रै कम्पनीले २३ करोड रुपैयाँ खर्च गरेको थियो। ‘छोटो र लामो दूरी यात्रा गर्ने यात्रुलाई फुल सर्भिस नेटवर्क सहित प्रिमियम सेवा दिएर यात्रामा अविस्मरणीय अनुभव दिलाउने कम्पनीेले विश्वास लिएको छ,’ उनले भने, ‘सिंगापुर–काठमाडौं रुटमा यात्रा गर्नेहरुका लागि हालको विस्तार उत्साहप्रद रहने छ।’ 

आफ्नो बोइङ ७३७–८ सिरिजको जहाजमा १० वटा बिजनेस र एक सय ४४ वटा इकोनोमी गरी कुल एक सय ५४ वटा सिटमा लक्जरीलाई ध्यानमा राख्दै अत्याधुनिक सामाग्री समावेश गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार काठमाडौं उडान गर्ने जहाजमा राखेको सिटको डिजाइन लण्डनस्थित फ्याक्ट्री डिजाइनले तयार पारेको हो भने आयरल्याण्डस्थित कम्पनी थम्पसन एरो सिटीङले यी सामग्रीहरुको उत्पादन गरेको हो।

जहाजको इकोनोमी क्लासमा स्लिक र स्लिम लाइन सिटको पछिल्लो संस्करण समावेश गरिएको जनाइएको छ। यो सिट कोलिन एरो स्पेसले उत्पादन गरेको हो। इकोनोमी क्लासमा पनि हरेक यात्रुले उच्चस्तरको सेवा लिन सकुन् भन्ने उद्देश्यले यो विस्तार गरिएको कम्पनीले जनाएको छ।

यात्रुलाई मनोरञ्जन दिनका लागि जहाजमा पानासोनिकको एक्स सिरीज इनफ्लाइट इन्टरटेनमेन्ट सिस्टम जडान गरिएको छ। यसबाट यात्रुहरुले क्रिसवर्ल्ड इन्टरटेनमेन्ट कन्टेन्टहरु हेर्न सक्नेछन्। जहाजमा पानासोनिककै वाइफाइ र मोवाइल डाटा कनेक्टिभीटी पनि उपलब्ध रहेको छ। साथै उडानको दिन यात्रुको जन्मदिन परेमा कम्पनीले नै बर्थडे केक समेत उपलब्ध गराउने  टानले बताए।  

Shivam cement


प्रकाशित: May 12, 2022| 13:43 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्