बुधबार, असार ३१, २०८३

लागूऔषध : न सुध्रियो नाका न त सुधार गृह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा-असारको पहिलो हप्ता भैरहवाको युथ भिजन नामक सुधारगृहमा एकजना युवाको मृत्यु भयो । लागु औषधबाट सुध्रिएर नयाँ जीवन जीउने आशाका साथ परिवारले उनलाई सुधारगृहमा राखेको थियो । सुधारको त परको कुरा उनले ज्यानै गुमाएपछि परिवार अहिले विक्षीप्त छ ।
 
रुपन्देहीमा १० वटा लागु औषध पुर्नस्थापना केन्द्र दर्ता भएर सञ्चालनमा छन् । ती मध्ये अधिकांश मापदण्ड अनुसार पुर्ण नभएको रुपन्देहीका एसपी श्याम ज्ञवाली बताउँछन् । जिल्लामा कृपा समुह, करुणा चौतारी फाउन्डेसन, आशा फाउन्डेसन, लुम्बिनी समाज सहयोग समुह, नवयात्रा लागु औषध उपचार, युनाइटेड लुम्बिनी, लाइफ केअर ड्रग्स तथा अल्कोल ट्रिटमेन्ट, टेवा, युथ भिजन र संकल्प समूह सुधागृहका रुपमा सञ्चालनमा छन् । 

सुधार गृहका नाममा यातना 

चौतारी फाउन्डेसन बाहेक अन्य सबै सुधारगृह भाडाको घरमा सञ्चालित छन् । अधिकांश सुधारगृह यातनागृह जस्तै भएका छन् । चिकीत्सकहरु पनि नियमित छैनन् । शुद्ध खानेपानी र स्वस्थ आहरको व्यवस्था पनि देखिएको छैन । प्रायाप्त खेलमैदान पनि देखिदैनन् ।

सुधारगृहमा प्रत्येक महिना सेवाग्रहीबाट कम्तिमा १२ हजारदेखि बढीमा २० हजार रुपैयाँसम्म शूल्क लिएको देखिन्छ । नाकामा जाने बल्छी थापे झै लागु औषध सेवनकर्ता पक्रने, थोरै परिणामको लागु औषध भए प्रहरीसँगको सहकार्यमा सुधार गृहमा लग्ने प्रवृति छ । त्यति मात्रै होइन रुपन्देहीमा त्यो भन्दा ठूलो खेल प्रहरीका लागु औषध हेर्ने अधिकारीसँगको मिलोमतोमा हुने गरेको देखिन्छ । 

विदेश जाने भिषा लागेका, उच्च खानदानका, आर्थिक अवस्था राम्रो भएका परिवारका सदस्य लागु औषध नियन्त्रण व्यूरोले पक्रेमा कि रीहाबमा राख्नुस् की जेल जान तयार हुनुस् भन्दै बार्गेनिग समेत गर्ने गरेको भेटिएको छ । 

त्यस्तो अवस्थामा परिवारले जेल जान भन्दा जति धेरै रकम पनि तिर्न तयार भएको देखिएको छ । यता मुद्धा चलिसकेपछि पनि सरकारी वकिल मार्फत पनि लागु औषधको मुद्धामा धेरै चलखेल हुने गरेको आरोप बारम्बार लाग्ने गरेकोछ । मुद्दा हेर्ने सरकारी वकिलकहाँ लागु औषध मुद्दामा रहेकाहरुको अविभावकहरुको भेटघाट गर्नेहरु बिहानैदेखि लामबद्ध देखिन्छन् । 

लतले अविभावक विहीन 

दसगजा पारीको भारतीय बजार सुनौलि नौतनवाका औषधी पसलहरुमा खुलेआम लागु औषध पाइने हुँदा सबैभन्दा बढी पैदल मार्ग हुदैं पर्यटक भित्रीने रुपन्देहीको बेलहिया नाका लागु औषधको सेवन र ओसारपसारमा पनि पहिलो बनेको छ ।

नेपाल तर्फको दसगजा छेऊमा रहेको इलका प्रहरी कार्यलय बेलहियाका अनुसार उक्त क्षेत्रबाट सबैभन्दा धेरै लागु औषध सेवनकर्ता स्थानीय नभई बाहिरको बढी भएको देखिएको छ। प्रहरी निरीक्षक विरबहादुर थापाका अनुसार काठमाडौं, नारायणगढ, धादिंङ, पोखरा क्षेत्रका युवायुवती लागु औषधको लतमा बढी फसेको देखिएको छ । थापाले भने, ‘यहाँ खासगरी दोहोराएर आउने र संख्यात्मक रुपमा बढी आउनेमा काठमाडौं, कास्की, चितवन र धादिङका धेरै छन् ।’

प्रहरी निरीक्षक थापाको अनुभवमा धेरैजसो अविभावक विहीन वा बुबाआमाको रेखदेखबाट बाहिर रहेकाहरु लागु औषधको लतमा फसेका छन् । थापा भन्छन्, ‘हामीले यहाँ विशेष अभियान चलाएको पनि छ महिना भइसक्यो । यो बीचमा अधिकांशको बुबा आमा विदेश भएको, बुबाआमाको प्रत्यक्ष रेखदेखमा नभएको बढी देखिएका छन्।’

विशेष अभियान अपेक्षाकृत नै भएको उनको ठम्माई छ । उनी भन्छन्, शुरुमा दैनिक ५० जना सम्म पक्राउ पर्ने गरेकोमा अहिले त्यो दर व्हात्तै घटेर ५÷७ जनामा पुगेको छ।’

सीमा क्षेत्रमा लागु औषध सेवनकर्ता र ओसारपसार गर्नेको संख्या बृद्धि हुदैं गएपछि लागु औषध नियन्त्रणकोलागी सीमानाका बेलहियामा केही महिनायता दैनिक रुपमा नेपाल प्रहरी र स्थानीय संघसंस्थाले संयुक्त रुपमा अभियान नै सञ्चालन गरिरहेका छन् ।

स्थानीयको सहभागितामा सञ्चालन भईरहेको अभियान प्रभावकारी भएको स्थानीय अभियन्ता रमेश थापाले बताए । विहानैदेखि साँझसम्म अभियानमा सक्रिय रहने थापाले भारतीय बजारमा खुलेआम विक्री हुने लागु औषध बन्द गर्न राष्ट्रिय स्तरमै दबाब दिनुपर्ने बताउँछन् ।

बेलहिया प्रहरीका अनुसार लागु औषध रोकथामकालागी ०७४ माघ ८ देखि  चालिएको अभियानका क्रममा सीमा क्षेत्र बेलहियामा मात्रै यो समाचार तयार पार्दा सम्म एक हजार दुई सय ८८ जना पक्राउ परेका छन् । त्यस मध्ये नौ सय ६६ जनालाई सम्झाई बुझाई अविभावकको जिम्मा लगाई पठाएको, २७ जना सुधार गृहमा पठाएको र दुई सय ९५ जना जिल्ला प्रहरीमा थप अनुसन्धानकोलागी पठाएको छ । त्यसमध्ये रुपन्देही प्रहरीले दुई सय ४२ जना पुरुष र १५ जना महिलालाई जिल्ला अदालत रुपन्देहीमा मुद्धा चलाइएको छ ।

दसगजापारी सुनौलि बजारमा रहेका समीर मेडिकल, किसान मेडिकल र अजमेरी मेडिकलले खुलेआम औषधीजन्य लागु पदार्थको विक्री वितरण गरिरहेका छन् । नेपाल भारत काउन्टरपार्ट बैठकमा लागु औषधको विषयमा नेपाली पक्षले जोडदार रुपमा सीमावर्ति क्षेत्रका मेडिकलमा लागु औषधको भईरहेको विक्रीवितरणमा रोकलगाउन माग गरेको भएता पनि त्यसको खासै सुनुवाई भएको छैन । यद्यपी भारतीय प्रहरीले ब्राउन सुगरको  व्यापार गर्दै आएका ९ जनालाई पक्राउगरी मुद्दा भने चलाएको छ ।
 
रुपन्देहीमा लागु औषध मुख्य समस्याको रुपमा देखिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बताए । उनले भने ‘जिल्लामा धेरै मुद्दा लागु औषधकै छन् ।’ प्रहरीले लागु औषध सेवनकर्तालाई सम्झाई बुझाई अविभावकको जिम्मा लगाएर पठाउने गरेको र लागु औषध सहित भेटिएकालाई मुद्दा चलाएको एसपी ज्ञवालीले बताए । 

खुल्ला सीमानाकाको कारण लागु औषध कारोबारी र प्रयोगकर्ताले बेलहिया नाकालाई रोज्ने गरेका छन् ।  प्रहरीका अनुसार जिल्लामा दोहोरिएर आउने, एडिक्टहरुको संख्या बढी देखिएको छ । पारिवारीक विखन्डन र देखासेखी नै  मुख्य कारण देखिएको छ ।

बेलहिया नाकामा लागु औषध नियन्त्रणकै लागी लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यलय भैरहवा प्रहरी निरीक्षकको कमाण्डमा सञ्चालित छ  । सीभिलमा जिल्लाभरी खटिने यो टोलीको काम खासै प्रभावकारी देखिन सकेको छैन । उक्त टोलीले भन्दा प्रहरीको जिल्ला र इलाका प्रहरी कार्यलय बेलहियाको रेकी टोलीले लागु औषध ओसार पसार र प्रयोग कर्तालाई बढी पक्रिने गरेको तथ्यांकले सिद्ध गरेको छ । 

उक्त टोलीका केही प्रहरी कर्मचारी लागु औषध ओसार पसार कर्ता र सेवनकर्तासँग मिल्ने गरेको, पुर्नस्थापना केन्द्र सन्चालनसँग मिलेर कसैलाई भगाउने त कसैलाई पक्रिने गरेको तथा नयां व्यक्ति पक्राउ परेमा उनीहरुलाई लुट्ने गरेको एकजना पुर्व लागु औषध सेवनकर्ताले आरोप समेत लगाएका छन् ।

केही वर्ष अगाडीको घटना सुनाउदैँ एउटा पुर्नस्थापना केन्द्रमा भेटिएका पुर्व लागु औषध प्रयोगकर्ताले नाम नखुलाउने शर्तमा भने ‘२ वर्ष अगाडी म बेलहियाको कोटही मन्दिर तीरबाट आउदैँ थिए । मैले सेवन पनि गरेको थिए । केही समान पनि लिएको थिईन । त्यहि बेला एकजना सादा पोशाकका प्रहरी आए । उनको नाम मलाई थाहा छैन तर उनी पातला पातला थिए । उनले मेरो पर्स हेरे । पर्समा तीन हजार रुपैयाँ थियो । अनि थर्काउदै पेचाडे भाग नत्र थुन्दिन्छु भने म भागें । म भागे, पैसा गायब भयो ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।