बुधबार, असार १०, २०८३

टीभीएसका मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो

नेपाली बजारमा टीभीएसका मोटरसाइकल र स्कुटरको मूल्य बढेर आएको छ। नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले मूल्य बढेर आएको जानकारी गराएको हो।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– नेपाली बजारमा टीभीएसका मोटरसाइकल र स्कुटरको मूल्य बढेर आएको छ। नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले मूल्य बढेर आएको जानकारी गराएको हो। 

National life

जगदम्बा मोटर्सले बढेर आएको मूल्य सूची सार्वजनिक गरेको छ। नयाँ मूल्य सूचीअनुसार सबैभन्दा धेरै मूल्य टीभीएस रेडर मोटरसाइकलको बढेको छ। पहिले २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य रहेको यो मोटरसाइकलको मूल्य ९ हजार रुपैयाँ बढेर २ लाख ५६ हजार ९ सय रुपैयाँ पुगेको हो।  त्यसैगरी टीभीएस स्ट्राइकर रिफ्रेसको मूल्यमा पनि ९ हजार रुपैयाँ नै वृद्धि भएको छ। यसको मूल्य पहिले २ लाख १२ हजार ९ सय रुपैयाँ भएकोमा अब २ लाख २१ हजार ९ सय रुपैयाँ पुगेको छ।

त्यसैगरी टीभीएस एनटर्क १२५ ड्रम ब्रेक र वेगो एफआई स्कुटर प्रत्येकको मूल्यमा ८ हजार रुपैयाँ बढेको छ। अब यी स्कुटरको मूल्य क्रमशः २ लाख ३१ हजार ९ सय र २ लाख २५ हजार ९ सय रुपैयाँ पुगेको छ।

एनटर्क १२५ सुपर स्क्वाड स्कुटरमा ६ हजार रुपैयाँले मूल्य वृद्धि भई यसको मूल्य २ लाख ८४ हजार ९ सय रुपैयाँ पुगेको छ। अपाचे आरटीआर १६० फोरभी आरडी एबीएस र अपाचे आरटीआर १६० फोरभी एफडी रिफ्रेसको मूल्य प्रत्येकमा ५ हजार रुपैयाँले बढेर क्रमशः ३ लाख ४४ हजार ९ सय र २ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। अन्य केही मोडलमा २ हजारदेखि ३ हजार रुपैयाँसम्म मूल्य बढेको छ कुनैमा नबढेको अवस्था पनि छ।


प्रकाशित: May 12, 2022| 11:48 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्