सोमबार, असोज १२, २०८३

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य आठ सयले बढेको हो।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं- नेपाल आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य आठ सयले बढेको हो।

आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ। बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम गरिएको छ। बुधबार चाँदीको मूल्य तोलामा १२ सय ८० रुपैयाँ थियो।

प्रकाशित: May 12, 2022| 11:14 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्