बुधबार, असार १०, २०८३

नेपाल टेलिकमको नाफा घट्यो

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नेपाल टेलिकमको नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ।
 |  बिहीबार, वैशाख २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नेपाल टेलिकमको नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ। कोभिड ९१९ महामारीको असर र अनलाइन प्रविधिको बढ्दो प्रयोग लगायत कारणले नाफामा कमी आएको कम्पनीले जनाएको छ।

National life

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधि (२०७७ चैत मसान्तसम्म) कम्पनीले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा यो वर्षको सोही अवधिमा भने ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन भएको छ।

कोभिड–१९ महामारीले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आएकाले आय घटेको टेलिकमको विज्ञप्तिमा उल्लेख छ। योसँगै, ओभर द टप (ओटीटी) को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङलगायत अन्तरआबद्धता सेवाको प्रयोगमा कमी आएकाले नाफा ओरालो लागेको जनाइएको छ। डोमेस्टिक अन्तरआबद्वता शुल्कमा कमी आउनु, मर्मतसम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि जस्ता कारणले व्ययभार बढ्न गई नाफामा असर परेको टेलिकमको भनाइ छ।

कोभिड–१९ महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरू शुरु गरिएको हुँदा जीएसएम सेवातर्फ डाटाको खपत बढे तापनि आम्दानीमा सोही अनुपातमा वृद्धि हुन नसकेको बताइएको छ। साथै, कोभिड–१९ महामारी पश्चात् चिप सेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाइ र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाइ भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएको कम्पनीले जनाएको छ।

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक (२०७८ चैतसम्म) को वित्तीय प्रतिवेदनमा कम्पनीको कुल आम्दानीमा पनि कमी आएको देखिन्छ । प्रतिवेदनअनुसार टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १० अर्ब ५४ करोड ७५ लाख ४१ हजार रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो आवको यही अवधिमा ११ अर्ब ९ करोड ७८ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले यस पटक ५५ करोड ३ लाख ७ हजार रुपैयाँ आम्दानी गुमाएको छ।

Shivam cement

प्रकाशित: May 12, 2022| 10:36 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्