काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ २९ पैसा र बिक्री दर १२३ रुपैयाँ ८९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३० रुपैयाँ १७ पैसा र बिक्री दर १३० रुपैयाँ ८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ४९ पैसा र बिक्री दर १५३ रुपैयाँ २३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ६९ पैसा र बिक्री दर १२५ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३५ पैसा र बिक्री दर ८६ रुपैयाँ ७७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५३ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ५ पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३४ पैसा र बिक्री दर १८ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ८७ पैसा र बिक्री दर ३२ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३३ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर