सोमबार, असोज १२, २०८३

एकै महिनामा साढे ९३ अर्ब भित्रियो रेमिट्यान्स

गएको चैत महिनामा विदेशबाट नेपाल आउने रकम (रेमिट्यान्स) बढेको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– गएको चैत महिनामा विदेशबाट नेपाल आउने रकम (रेमिट्यान्स) बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा नेपालमा ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। त्यसअघि फागुनमा ९१ अर्ब ०७ करोड नेपाली रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो। 

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिटयन्स भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशत कम हो। 


प्रकाशित: May 11, 2022| 16:13 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्