बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रेमिट्यान्स र पर्यटन उकालो लागेपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब कम

रेमिट्यान्स र पर्यटन उकालो लागेपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब कम

फागुनमा रहेको विदेशी विनिमय सञ्चितिले ६.७ महिनाव वस्तु तथा सेवाको आयात धान्न सक्थ्यो। अघिल्लो महिनामा औषत ४० देखि ४५ अर्ब रुपैयाँको दरले विदेशी विनिमय सञ्चिति घट्दै गएपनि चैतमा भने ४ अर्बमा सीमित भएको हो।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम हुन थालेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। अघिल्लो महिनाको तुलनामा चैतमा ४ अर्ब रुपैयाँले विदेशी मुद्रा सञ्चिति घटेको छ। हाल नेपाल राष्ट्र बैंकसँग भएको विदेशी विनिमय संचितिले देशको ६.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्छ। 

National life

फागुनमा रहेको विदेशी विनिमय सञ्चितिले ६.७ महिनाव वस्तु तथा सेवाको आयात धान्न सक्थ्यो। अघिल्लो महिनामा औषत ४० देखि ४५ अर्ब रुपैयाँको दरले विदेशी विनिमय सञ्चिति घट्दै गएपनि चैतमा भने ४ अर्बमा सीमित भएको हो। 

पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा आएको बढोत्तरीका कारण विदेशी विनिमय सञ्चितिमाथिको दवाव कम भएको हो। चैत महिनामा मात्र नेपालमा ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। फागुनमा भने ९१ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। 

त्यस्तै पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेपछि विदेशी मुद्रा आर्जन हुन थालेको छ। यसले विदेशी विनिमय सञ्चितिमाथिको दवावलाई कम गरेको देखिएको छ।

त्यस्तै गत चैत मसान्तसम्ममा देशको शोधनान्तर स्थिति २६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको थियो। व्यापारघाटा वृद्धि हुँदा शोधनान्तरतमा दवाव परेको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

Shivam cement

त्यसैगरी चैत मसान्तसम्मा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँले घाटामा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता जम्मा २१० अर्ब ५१ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित: May 11, 2022| 15:41 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्