सोमबार, असोज १२, २०८३

राष्ट्र बैंकमा पनि सातामा दुई दिन बिदा

नेपाल राष्ट्र बैंकमा पनि सातामा दुई दिन बिदा हुन भएको छ। बुधबार बसेको राष्ट्र बैंकको बैठकले यस्तो निर्णय गरेको हो।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकमा पनि सातामा दुई दिन बिदा हुने भएको छ। गभर्नरको टिप्पणी अनुसार सरकारले तोकेअनुसार दुई दिन बिदा दिन राष्ट्र बैंकले  सबै विभागलाई निर्देश गरेको हो। 

राष्ट्र बैंकले शुक्रबार पनि तोकिएको पोशाक लगाउन सम्बन्धित विभाग र निकायहरूलाई निर्देश गरेको छ।यसअघि सरकारले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। 

बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ। यद्यपि सरकारले यसलाई परीक्षणका रूपमा मात्र कार्यान्वयन गर्ने तयारी गरेको छ।

पेट्राेलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा निर्णय गरिएको बताइएको छ। नेपालले ठूलो मात्रामा पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ। बढ्दो पेट्रोलियमको आयात र खस्कँदो निर्यातले शोधानान्तर घाटा बढ्दै गएको छ।

यस्तै विदेशी मुद्राको सञ्चितिमा पनि चाप परेपछि सरकारले सतर्कता अपनाएको हो। 

प्रकाशित: May 11, 2022| 15:32 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्