सोमबार, असोज १२, २०८३

आईपडको उत्पादन बन्द

एप्पलका सह संस्थापक स्वर्गीय स्टिभ जब्सले २१ वर्षअघि आईपड बजारमा सार्वजनिक गरेका थिए। सानो, सजिलो र छरितो म्युजिक प्लेयर आईपड झन्डै दुई दशक बजारमा लोकप्रिय बनेको थियो।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

सान फ्रान्सिस्को- संगीत सुन्ने उपकरणलाई परिवर्तन ल्याउँदै आईफोनसम्म विकास गरेको एप्पलले आईपडको उत्पादन बन्द गरेको छ। कम्पनीले मंगलबार आईपडको उत्पादन बन्द गरिएको जानकारी दिएको हो।

एप्पलका सह संस्थापक स्वर्गीय स्टिभ जब्सले २१ वर्षअघि आईपड बजारमा सार्वजनिक गरेका थिए। सानो, सजिलो र छरितो म्युजिक प्लेयर आईपड झन्डै दुई दशक बजारमा लोकप्रिय बनेको थियो। 

एक ब्लग पोस्टमार्फत एप्पलले अन्तिम पुस्ताको आईपड हाल स्टकमा रहेको र ती आईपड बिक्री भएपछि पुनः उत्पादन नहुने जानकारी दिएको छ। 

प्रकाशित: May 11, 2022| 14:04 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्