बुधबार, असार १०, २०८३

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर

एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई  ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एप मार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबी देखि ५०० एमबी डेटा प्राप्त गर्न सक्छन् ।

National life

यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जस अन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।

एप मार्फत रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । रु १०० देखि रु १९९ सम्मको रिचार्जमा ३ दिन समयसीमा भएको २०० एमबी डेटा पाउँछन् । त्यसैगरी रु २०० वा सो भन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन् ।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र १०० मिनेट अल नेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । 

Shivam cement

प्रकाशित: May 11, 2022| 10:45 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्