बुधबार, असार १०, २०८३

रिभर फल्स पावर लिमिटेडको आईपीओ आजबाट खुल्दै

रिभर फल्स पावर लिमिटेडले बुधबार आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- रिभर फल्स पावर लिमिटेडले बुधबार आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

National life

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ। जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। यस्तै ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। 

सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ ११ गते हुनेछ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ। साथै, मेरो सेयर वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

Shivam cement

प्रकाशित: May 11, 2022| 06:27 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्