सोमबार, असोज १२, २०८३

सरकारले सात कम्पनीलाई राख्यो कालोसूचीमा

विभिन्न सरकारी निकायहरूको सिफारिसमा ती कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार कालोसूचीमा राखेको हो।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- सरकारले समयमै काम पूरा नगर्ने विभिन्न सात निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ।

विभिन्न सरकारी निकायहरूको सिफारिसमा ती कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार कालोसूचीमा राखेको हो। 

प्रहरी प्रधान कार्यालयको प्रबन्ध निर्देशनालय, नक्सालको सिफारिसमा एसियन लेटर इण्डस्ट्रिज प्रालि र मोर्डन सुज प्रालि जेभीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ।

यस्तै शहीद मार्ग सडक योजना रोल्पाको सिफारिसमा एसएच इन्फ्राटेक प्रालि, प्यासिफिक बुइल्डर्स प्रालि पनि तीन वर्षका लागि कालोसूचीमा परेका छन्।

भक्तपुर नगरपालिकाको कार्यालयको सिफारिसका आधारमा आत्रेय निर्माण कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

यस्तै जिल्ला समन्वय समितिको कार्यालय हेटौंडाको सिफारिसमा मिलेनियम शंकरमाली जेभी कोटेश्वरलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाको सिफारिसमा श्रेष्ठ निर्माण सेवा पाल्पालाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

टोखा नगरपालिकाको सिफारिसमा गोल्डफिस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ। कालोसूचीमा राखिएका कम्पनीहरूले कालोसूची अवधिभर कुनै पनि सार्वजनिक खरिद कार्यमा भाग लिन पाउने छैनन्।


प्रकाशित: May 10, 2022| 09:14 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्