बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टीकापुर काण्डका अभियुक्त लक्ष्मण थारुको घरजग्गा लिलाममा

टीकापुर काण्डका अभियुक्त लक्ष्मण थारुको घरजग्गा लिलाममा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- टीकापुर घटनाका राजबन्दी लक्ष्मण थारुको घर जग्गा लिलाम हुने भएको छ।
 
कैलाली जिल्ला अदालतबाट सर्वसाधारणका निम्ति यहि साउन १७ गते जारी गरिएको लिलामी सूचनामा लक्ष्मण थारुको पनि घर जग्गा लिलाम हुने उल्लेख गरिएको छ। उनको घर जग्गा भदौ ५ गते लिलाम हुँदैछ। 

तत्कालिन फूलबारी गाविस-१ स्थित कित्ता नं. ६६३ को ६८५ वर्ग मिटर क्षेत्रफल र ६६४ को १०२० वर्ग मिटर क्षेत्रफल र हालको धनगढी उपमहानगरपालिका १८ को कित्ता नं ६६७ को ३३० मध्ये ८८.८८ वर्ग मिटर क्षेत्रफलको पश्चिम तर्फको जमिन लिलाम हुने सूचना जारी गरिएको छ।

कैलाली जिल्ला अदालतले जारी गरेको सूचनामा मिति २०७५ भाद्र ५ गते दिनको २ बजेदेखि साँझ ४ बजे सम्म कैलाली जिल्ला अदालत तहशिल शाखामा बोलपत्र आव्हान गरेको छ।

थारुले टीकापुर घटना हुनु अगाडी काठमाडौको नयाँ बानेश्वरमा थारु भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका थिए। तर घटनापछि आफू पक्राउ पर्दा रिसोर्ट बन्द अवस्थामा छ। रिसोर्ट सञ्चालन गर्नको लागि ऋण लिएको र राम्रोसँग करोबार गर्न नपाउँदै पक्राउ परेको उनको पारिवारिक श्रोतले जनाएको छ। थारु विगत तीन वर्षदेखि कैलाली कारागारमा राजबन्दी जीवन बिताईरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।