बुधबार, असार १०, २०८३

सडकमा बढ्दैछन् याडियाका ई-स्कुटर

नेपालमा चिनियाँ सामान भनेपछि कमसल भन्ने बुझाइ छ। यसको असर याडियालाई पनि पर्‍यो। ब्रान्ड चिनाउन कसरत गर्नुपरे पनि पछिल्लो समय ठूला/पुराना व्यापारिक घराना पनि चीनियाँ सवारीतर्फ आकर्षित भइरहेकाले याडियाले छिट्टै स्थापित हुने उनले विश्वास गरे।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- चीनियाँ इलेक्ट्रिक बाइक तथा स्कुटर उत्पादक ‘याडिया’ नेपाली बजारमा प्रवेश गरेको एक वर्ष पुग्दैछ। कुजुलाई नेपालका लागि आधिकारिक बिक्रेता बनाएर नेपालमा व्यापार थालेको एक वर्षमा 'याडिया' दोस्रो स्थानमा पुगेको दाबी छ- कुजुको। 

National life

कम्पनीका सिईओ सुरेन्द्र यादव अहिले विद्युतीय स्कुटरमा 'याडिया'को माग बढेको बताउँछन्। 'हामीले कारोबार थालेको एक वर्ष मात्र पुग्दैछ। यो आर्थिक वर्षमा मात्र हामीले ३५० जति स्कुटी आयात गरेका छौँ। बजारमा हामी दोस्रो स्थानमा छौँ,' सीईओ यादव भन्छन्, 'बजारमा राम्रो माग छ। रुचाइएको पनि छ। बजारमा तरलता अभावले छ। तरलता सहज हुन्थ्यो भने हाम्रो व्यापार अझै बढ्ने थियो।'

नेपालमा चिनियाँ सामान भनेपछि कमसल भन्ने बुझाइ छ। यसको असर याडियालाई पनि पर्‍यो। ब्रान्ड चिनाउन कसरत गर्नुपरे पनि पछिल्लो समय ठूला/पुराना व्यापारिक घराना पनि चीनियाँ सवारीतर्फ आकर्षित भइरहेकाले याडियाले छिट्टै स्थापित हुने उनले विश्वास गरे। 

बाहिरबाट डेलिभरि पनि सुस्त भएको सिईओ यादव बताउँछन् । एक महिना अगाडी नै आईसक्नुपर्ने १ सय ५० वटा स्कुटर विरगञ्ज भन्सारमा भर्खर आएको उनले बताए । उनले भने, 'अहिले पनि ४० वटाको हाराहारीमा बुकिङ छ, तर स्कुटी भर्खरै भन्सारमा आईपुगेका छन्।' 

उत्पादन कम्पनीमा नै आवश्यक ब्याट्रि समयमा नआएपछि यता आयातमा ढिला भएको हो। अहिले चिप्स र ब्याट्रिको समस्या अन्तराष्ट्रिय बजारमा नै छ। 

Shivam cement

कम्पनीले फाइनान्स, मोटर र व्याट्रिमा २ वर्षको वारेन्टी, २० हजार छुट तथा एक्सचेन्जको सुविधा सहित हाल बुकिङमा ३ वटा नयाँ मोडेलका स्कुटीहरु उपलब्ध गराएको छ। 

एस लाइक

यो स्कुटरका मूल्य २ लाख ४५ हजार रहेको छ। स्कुटरको अधिकतम स्पिड प्रतिघण्टा ५० किलोेमिटर रहेको छ। स्कुटरमा पानासासेनिक लिथिएमको अधिकतम पावर २ हजार वाट रहेको बेट्रि छ। यसमा दुईवटा बेट्रि प्रयोग गर्न सकिन्छ। सिङगल बेट्रिले एक पटकको चार्जमा ६०  किलोमिटर गुड्छ भने डबलले १२० किलोेमिटर गुड्छ। 

स्कुटरको ब्रेक सिस्टम अगाडी डिस्क छ भने पछाडीको ड्रम रहेको छ। यसले टप स्पीडमा १२० एनएम टर्क जेनेरेट गर्छ। स्कुटीका दुई पांग्राबिचको दुरी १ हजार ३ ससय मिलिमिटर रहेको छ। स्कुटीको लम्बाई १ हजार ७५०, चौडाई ६८० र उचाई १ हजार ४५० मिलिमिटर रहेको छ। 

त्यसैगरी यसको बक्स स्टोरेज क्षमता १८ लिटर रहेको छ भने यसमा टायर १२ इन्च ट्युवलेस रहेका छन्। 

जी एसस

यो स्कुटीको मूल्य ३ लाख ४५ हजार रुपैयाँ पर्छ। यसमा पानाथोनिक लिथिएम बेट्रि प्रयोग गरिएको छ भने यसको क्षमता २ हजार ३ सय वाट रहेको छ। 

यसलाई पुर्ण चार्ज गर्न ६ घण्टा लाग्छ भने एकपटकको फूल चार्जले ८० किलोमिटर तय गर्न सकिन्छ। यसको टप स्पीड ६० किलोमिटर प्रतिघण्टा रहेको छ भने यससले उक्त स्पीडमा १२० एनएम टर्क जेनेरेट गर्छ। 

ब्रेक अगाडी र पछाडी दुबैमा डिस्क रहेको छ । यसमा स्टोरेज बक्सको क्षमता २६ लिटर रहेको छ। यसको दुई पाङ्ग्राबीचको दुरी १ हजार २२० मिलिमिटर रहेको छ । त्यस्तै यसको लम्बाई १ हजार ८१०, चौडाई ७ सय र उचाई १ हजार १५० रहेको छ। यसको पाङग्रामा १२ इनचको ट्युवलेस प्रयोग गरिएको छ। 

सी वान एस

यो स्कुटीको मूल्य ३ लाख ६५ हजार रुपैयाँ पर्छ । यसमा पानाथोनिक लिथिएम बेट्रि प्रयोग गरिएको छ भने यसको क्षमता २ हजार २ सय वाट रहेको छ। 

यसलाई पुर्ण चार्ज गर्न ६ घण्टा लाग्छ भने एकपटकको फूल चार्जले ८० किलोमिटर तय गर्न सकिन्छ। यसको टप स्पीड ६० किलोमिटर प्रतिघण्टा रहेको छ भने यससले उक्त स्पीडमा १२० एनएम टर्क जेनेरेट गर्छ। 

ब्रेक अगाडी र पछाडी दुबैमा डिस्क रहेको छ। यसमा स्टोरेज बक्सको क्षमता २५ लिटर रहेको छ। यसको दुई पाङ्ग्राबीचको दुरी १ हजार २७० मिलिमिटर रहेको छ। त्यस्तै यसको लम्बाई १ हजार ७९०, चौडाई ६९५ सय र उचाई १ हजार २४० रहेको छ। यसको पाङग्रामा १२ इनचको ट्युवलेस प्रयोग गरिएको छ। 

कम्पनीले चितवनमा, पोखरा र वुटवलबाट आफ्ना स्कुटीहरु बिक्रि गरिरहेको छ भने लगत्तै राजविराजबाट पनि बिक्रि सुरु गर्ने तयारी थालेको छ। कम्पनीका इलेक्ट्रीक साइकलहरु उपत्यका तथा उपत्यका बाहिर चलिरहेका छन्।

प्रकाशित: May 10, 2022| 14:21 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्