बुधबार, असार १०, २०८३

चुनाव नजिकिएसँगै बढ्न थाल्यो निक्षेप

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा वाणिज्य बैंकहरुमा निक्षेप आउन थालेको छ। वैशाख लागेयता निरन्तर घटिरहेको निक्षेप चौथो सातामा आएर ६ अर्ब रुपैयाँले बढेको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं– स्थानीय तहको चुनाव नजिकिँदै गर्दा वाणिज्य बैंकहरुमा निक्षेप आउन थालेको छ। वैशाख लागेयता निरन्तर घटिरहेको निक्षेप चौथो सातामा आएर ६ अर्ब रुपैयाँले बढेको छ। 

National life

वैशाख यतामात्र वाणिज्य बैंकहरुबाट १६ अर्ब रुपैयाँ निक्षेप बाहिर गएको छ, तर बैंकिङ च्यानलबाट बाहिर गएको पैसा पुनः खर्च भएर बैंकमा आउन थालेको बैंकहरुको बुझाइ छ। नेपाल बैंकर्स संघका अनुसार वैशाखको पहिलो साता १२ अर्ब, दोस्रो साता १० अर्ब रुपैयाँले निक्षेप घटेको थियो। तर तेस्रो साता भने १ करोडले बढेको निक्षेप चौथो सातामा ६ अर्ब रुपैयाँले बढेको छ। 

वाणिज्य बैंकहरुसँग चैत मसान्तसम्ममा निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा गत हप्ताको अन्तमा ४३ खर्ब ७३ अर्ब रुपैयाँ रहेको थियो। 

त्यस्तै कर्जातर्फ वैशाखमा ४ अर्ब रुपैयाँले घटेको छ। वैशाखको पहिलो हप्ता २ अर्बले घटेको कर्जा दोस्रो हप्ता १ अर्बले घटेको थियो। त्यस्तै तेस्रो हप्ता ३ अर्बले बढेको कर्जा चौथो हप्तामा आएर अर्ब रुपैयाँले बढेको थियो। 

चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा गत हप्तासम्ममा ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। गत हप्ता वाणिज्य बैंकहरुमा ६ अर्ब रुपैयाँ निक्षेप बढेको छ। तर यही अवधिमा वाणिज्य बैंकहरुको कर्जा ४ अर्ब रुपैयाँले घटेको छ। 

Shivam cement

वैशाख महिनाको पहिलो हप्ता दुई दिनमात्र बैंकिङ कारोबार भएको थियो। सो समयमा १२ अर्ब रुपैयाँ निक्षेप घटेको थियो भने दोस्रो हप्ता १० अर्ब घटेको थियो। तेस्रो हप्तादेखि भने निक्षेप बढ्न थालेको छ। तेस्रो सातामा निक्षेप जम्मा एक करोडले बढेको थियो। बैंकहरुमा यस अवधिमा ४ अर्ब रुपैयाँले निक्षेप बढेको छ। 


प्रकाशित: May 09, 2022| 17:48 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्