बुधबार, असार १०, २०८३

नेप्से सूचकसँगै बढ्यो कारोबार

सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता सेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ। साताको पहिलो कारोबारको दिन आइतबार १७.९५ अंक बढेको नेप्से सोमबार पनि निरन्तरता दिएको हो।

National life

सोमबार नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.१२ अंक, फ्लोट इन्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९४ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता सेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबर भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि सामान्य वृद्धि भएको छ।

नेप्सेका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा व्यापार उपसमूह सबैभन्दा बढी १.७४ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक १.३३ प्रतिशतले  वृद्धि भएको छ। 

बैंकिङ्ग, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन , जलविद्युत, अन्य उपसमूह र वित्त उपसमूहको परिसूचक शून्य प्रतिशतभन्दा बढीले बढेको छ। तर यता जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक र लगानी उपसमूहको सुचकमा गिरावट आएको छ।

Shivam cement

सोमबार जाल्पा लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, महुली लघुवित्तको सेयरमूल्य ७.७७ प्रतिशत बढेको छ। यता हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्तको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले गिरावट आएको छ।

सोमबार कारोबार रकमका आधारमा ७ करोड ८३ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। एनआईसी एशियाको ५ करोड ४ लाख रुपैयाँ सेयर कारोबार भएको छ।

प्रकाशित: May 09, 2022| 16:31 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्