शुक्रबार, कात्तिक १३, २०८३

कीर्तिपुरलाई नमुना पर्यटकीय नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता

कीर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमुना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- कीर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमुना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा कीर्तिपुरवासीका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अत्यन्त न्यून शुल्कमा शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नकर्मीले भने, ‘म उम्मेदवार बन्दै गर्दा किर्तिपुर नगरपालिकाका सबै वडामा स्वास्थ्य, खानेपानीको लागि ‘एक घर एक धारा’ को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

देशका विभिन्न स्थानीय तहमा काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत राजनीतिक दलहरुबीच गठबन्धन भए पनि कीर्तिपुरमा काँग्रेस र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवार तथा अन्य पार्टीले भने एक्ला-एक्लै उम्मेदवारी दिएका छन्।

कांग्रेस र जसपा संयुक्त प्यानलका उपप्रमुखका उम्मेदवार शुभलक्ष्मी शाक्यले नगरपालिकाभित्र सञ्चालित किर्तिपुर अस्पताल र विष्णुदेवी अस्पतालको सतरोन्नती तथा त्रिभुवन विश्वविद्यालय हाताभित्र सञ्चालित आयुर्वेद अस्पतालमा विशेष छुट को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘प्रत्येक वडामा सम्भव भएसम्म खेल मैदान वा कभर्ड हलको निर्माणमा विशेष पहल गर्नुका साथै नगरक्षेत्रमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान गरी उनीहरुको प्रोत्साहनका लागि उच्च सम्मान गर्ने व्यवस्था मिलाइनेछ।’

प्रकाशित: May 09, 2022| 14:45 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...