काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २९ जनाले ज्यान गुमाएका छन्। सोही समयमा ३२ सय ७ जना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घन्टामा ३४ सय १० जना कोरोनामुक्त भएका छन्। भारतमा हाल कोरोना सक्रिय संक्रमितको संख्या २० हजार ४०० रहेको छ।
कोरोना संक्रमण दर तीव्र बढेपनि अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या न्युन रहेको मन्त्रालयले जनाएको छ। भारतका पाँच राज्यमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको बताइएको छ। दिल्ली,महाराष्ट्र,कर्नाटक, राजस्थान, उत्तर प्रदेश र केरलामा संक्रमण दर उच्च पाइएको हो।