शुक्रबार, कात्तिक १३, २०८३

धनुषामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मंगलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिए।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

जनकपुर- जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मंगलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मंगलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिए। निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल-भारत सिमा नाका बन्द रहनेसमेत उनले बताए। 

स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पदार्थ (मदिरा) को बिक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै गते मङ्गलबार राति १२ बजेदेखि शुक्रबारसम्म  भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्ण बन्द रहने प्रजिअ पौडेलको भनाइ छ। 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको उनले बताए। 

मङ्गलबार राति १२ बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा÷शव बाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावरी साधन र अनुमति प्राप्त सवारी साधनबाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको प्रजिअ पौडेलद्वारा जारी सूचनामा उल्लेख छ। 

प्रकाशित: May 09, 2022| 12:00 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।