सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोटाङको दिप्रुङ चुईचुम्मा-७ का वडाध्यक्ष थापा मगरको निधन

खोटाङको दिप्रुङ चुईचुम्मा-७ का वडाध्यक्ष थापा मगरको निधन

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ। फोक्सोमा पानी जमेपछि बिरामी भएका थापा मगरको आइतबार राति २ बजे आफ्नै निवासमा निधन भएको हो। 

गत ७ वैसाखमा उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो। 

थापा मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए। १५ मंसिर १९९७ मा जन्मिएका उनी गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए।

प्रकाशित: May 09, 2022| 11:09 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।